विश्वकप १९७४ः टोटल फुटबलमार्फत जब नेदरल्याण्ड्सले ब्राजिली शैलीलाई प्रतिस्थापन गर्‍यो

कोल्हवी न्यूज
२०७९ मंसिर १, बिहीबार ०६:४९ गते

पहिलो पटक पश्चिम जर्मनीले विश्वकप आयोजना गरेको थियो । सन् १९७२ मा ओलम्पिकमा भएको म्युनिख आतंकलाई ध्यानमा राख्दै ठूलो सुरक्षा व्यवस्था गरिएको थियो ।

१९७४ को विश्वकप पश्चिम बर्लिनसहित पश्चिम जर्मनीको ९ शहरमा खेल सन्चालन गरिएको थियो ।

लामो छनोट प्रक्रियालाई इंग्ल्याण्ड, स्पेन, मेक्सिको र पोर्चुगलजस्ता टिमले पार गर्न सकेनन् । पूर्वी जर्मनीले एक पटक मात्र विश्वकप खेलेको थियो भने अष्ट्रेलिया, हेइटी, जायर (हाल डोमिनिक रिपब्लिक अफ कंगो) पहिलो पटक छनोट भएको थियो ।

ब्राजिलको स्वर्णिम पुस्ताले लामो समयदेखि विश्व रंगमञ्चमा छाप छाडेको थियो । उनीहरूसँग फुटबलको आफ्नो साम्बा शैली थियो र लेजेण्डको रुपमा पेले थिए ।

ब्राजिलको १९७४ टोलीले फरक ब्रान्डको फुटबल खेलेको थियो र यसपछि दर्शकलाई खुशी पार्ने शैलीमा नेदरल्याण्ड्सले ब्राजिललाई प्रतिस्थापित गर्न सफल भयो । योहान क्रुफको नेतृत्वमा, डच टोलीले ‘टोटल फुटबल’ प्रयोग ग¥यो । जहाँ प्रत्येक आउटफिल्ड खेलाडीले आफ्नो पोजिसनबाहेक कुनै पनि भूमिका लिन सक्थे ।

नेदरल्याण्ड्स फाइनलसम्म अपराजित थियो । फाइनलमा उनीहरु साविक युरोपियन च्याम्पियन र आयोजक पश्चिम जर्मनीसँग प्रतिस्पर्धा गरेको थियो ।

कुनै पनि जर्मन खेलाडीले बल छुन नपउँदै क्रुफले पहिलो मिनेटमै पेनाल्टी जिते र त्यसमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए ।

२५औं मिनेटमा पेनाल्टीमार्फत नै जर्मनीले बराबरी गोल फर्कायो । पहिलो हाफ अघि नै गर्ड मुलरले गोल गरे र त्यही गोल जर्मनीलाई दोस्रोपल्ट विश्वकप दिलाउन काफी भयो ।

यो विश्वकपमा नेदरल्याण्ड्सको ‘टोटल फुटबल’ शैलीले दर्शकलाई मोहित बनायो ।

विश्वकपको नयाँ ट्रफी निर्माण गरियो । फिफा वल्र्ड कप ट्रफी नामको उक्त ट्रफीमा १८ क्यारेट सुन प्रयोग गरिएको थियो ।

ओसियना र सब साहारान अफ्रिकाले विश्वकपमा पहिलो पटक यसै संस्करणबाट प्रतिनिधित्व भयो । पूर्वी र पश्चिम जर्मनीले समूह चरणमै एक अर्काविरुद्ध खेलेका थिए । पूर्वी जर्मनीले खेल १–० ले जितेको थियो ।

डच महान योहान क्रुफ र जर्मनीका गर्ड मुलरको लागि यो अन्तिम विश्वकप थियो ।

तथ्यांकमा विश्वकप १९७४

आयोजकः पश्चिम जर्मनी
टिमः १६
फम्र्याटः समूह चरण दोस्रो चरण, फाइनल
खेलः ३८
गोलः ९७
विजेताः पश्चिम जर्मनी
उपविजेताः नेदरल्याण्ड्स
गोल्डेन बुटः ग्रेगोर्ज लाटो (पोल्याण्ड)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*