फुलहमविरुद्ध युनाइटेडको रोमाञ्चक जित

कोल्हवी न्यूज
२०७९ कार्तिक २८, सोमबार ०७:३९ गते

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । ऊ घरेलु टोली फुलहमविरुद्ध २–१ ले विजयी भएको हो ।

क्रेभेन कटेजमा खेलको १४ औं मिनेटमा क्रिस्टियन एरिकसनको गोलमार्फत युनाइटेडले सुरुआती अग्रता लिएको थियो । ६१ औं मिनेटमा डेनियल जेम्सले फुलहमलाई १–१ को बराबरीमा ल्याए ।

थप गरिएको समयमा अलेजान्ड्रो गार्नाचोले गोल गरेपछि पाहुना टोलीले २–१ को रोमाञ्चक जित निकाल्यो । यो जितसँग युनाइटेड १४ खेलमा २६ अंक जोडेर पाँचौं स्थानमा रहँदा पराजित फुलहम समान खेलबाट १९ अंकका साथ नवौं स्थानमा छ ।

लिगअन्तर्गकै अर्को खेलमा एस्टन भिल्लाले ब्राइटनलाई २–१ ले पराजित गर्‍यो ।नयाँपत्रिकाडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*