प्रिमियर लिगमा आर्सनलको जित, अर्को खेलमा सिटी स्तब्ध
गए राति भएको खेलमा आर्सनलले वेल्भ्सलाई २–० गोलअन्तरले पराजित गरेको छ । आर्सनलको जितमा मार्टिन ओडेगार्डले दुवै गोल गरे । घरेलु टिम वुल्भ्सविरुद्ध पहिलो हाफमा गोलरहित बराबरी खेलेको आर्सनलले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।
खेलको ५४औँ मिनेटमा मार्टिनले गोल गर्दै आर्सनललाई १–० गोलको अग्रता दिलाए । खेलको ७५औँ मिनेटमा मार्टिनले दोस्रो गोल गर्दै वुल्भ्सविरुद्ध आर्सनललाई २–० गोलको जित दिलाए ।
अर्को खेलमा म्यानचेस्टर सिटी आफ्नै घरेलु मैदानमा ब्रेन्टफर्डसँग २–१ गोलले स्तब्ध बनेको छ । खेलको १६ औँ मिनेटमा इभान टोनीले गोल गर्दै ब्रेन्टफर्डलाई १–० गोलको अग्रता दिलाए । तर पहिलो हाफको अन्तिम समयमा फिल फोडेनले गोल गर्दै म्यानचेस्टर सिटीलाई १–१ गोलको बराबरीमा ल्याए ।
खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा इभान टोनीले नै दोस्रो गोल गर्दै म्यानचेसटर सिटीविरुद्ध ब्रेन्टफर्डलाई २–१ गोलको रोमाञ्चक जित दिलाए ।
शीर्ष स्थानमा रहेको आर्सनलले जितसँगै दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग पाँच अंकको अग्रता बनाएको छ । आर्सनलले १४ खेलबाट ३७ अंक बनाएको छ । यता, म्यानचेस्टर सिटीको १४ खेलबाट ३२ अंक छ ।


शीर्ष स्थानमा रहेको आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भ्सविरुद्ध जित निकालेको छ । अर्को खेलमा भने म्यानचेस्टर सिटी ब्रेन्टफोर्डसँग पराजित भएको छ ।






