रोहितको कप्तानीमा नेपाली टोली घोषणा
युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले शुक्रबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्सीय टोली घोषणा गरेको हो ।
टोलीमा देव खनाल र बसिर अहमद नअटाउँदा कुशल भुर्तेल,ललितनारायण राजवंशी,कमलसिंह ऐरी,सागर ढकाल,भिम सार्की र अर्जुन साउदले पुनारागमन गरेका छन् ।
त्यस्तै,हरिशंकर साह पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका छन् । मधेस प्रदेशका साहले प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज नोभेम्बर १४,१६ र १८ मा हुनेछ ।
नेपाली टोली
रोहितकुमार पौडेल९कप्तान०, ज्ञानेन्द्र मल्ल,कुशल भुर्तेल,आरिफ शेख,दीपेन्द्रसिंह ऐरी,करण केसी,सोमपाल कामी,ललितनारायण राजवंशी,आसिफ शेख,भिम सार्की,कमलसिंह ऐरी,सागर ढकाल, हरिशंकर साह,आदील अन्सारी,अर्जुन साउद,गुलसन झा









