यू–१५ महिला साफमा आज नेपाल र भुटानको खेल

कोल्हवी न्यूज
२०७९ कार्तिक १७, बिहीबार १४:५८ गते

बंगलादेशमा जारी यू १५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा आज नेपाली यू १५ टिमले भुटानको सामना गर्दैछ।

आफ्नो पहिलो खेलमा आयोजक बंगलादेशसँग ८(० को ठूलो हार बेहोरेको बंगलादेशले आज नेपालको सामाना गर्न लागेको हो।

वीर श्रेष्ठ सहिद सिपाही मोस्टफा कमल रंगशालामा गएको मंगलबार भएको उद्घाटन खेलमा बंगलादेशले जित निकालेका थियो। जहाँ भुटानले पहिलो खेलमा नै हार बेहोर्यो। तीन टिम मात्र सहभागी बनेको प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले पहिलो खेल खेल्न लागेको हो।

नेपाल र भुटानबीचको खेल आज दिउँसो सवा ४ बजे हुने आयोजकले जानकारी दिएको छ। उपाधि जित्ने लक्ष्य राखेको नेपाल प्रतियोगिता सुरु हुनुभन्दा केहि दिनअिघ नै बंगलादेश पुगेको हो।

पछिल्लो समय दक्षिण एसियाली महिला फुबटलमा राज गरिरहेको बंगलादेशलाई हराएर यो पटक नेपाल च्याम्यिन हुन चहान्छ।

यता भुटानले चाहिँ यो पटक सुधारिएको प्रदर्शन गर्ने आशा राखेको थियो। उसको उद्देश्य पनि राम्रो प्रदर्शन गर्ने नै रहेको छ। त्यसैले आज भुटान नेपालविरुद्ध पहिलो जितको लक्ष्यसाथ मैदानमा होमिनेछ।

अब नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५मा खेल्नेछ। डबल राउन्ड रोबिनमा खेल हुने भएकाले नेपालले भुटानसँग दोस्रो खेल नोभेम्बर ९ र बंगलादेशसँग नोभेम्बर ११ मा पुनः खेल्नेछ। लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने आयोजक दक्षिण एसियाली फुटबल फेडेरेसन९साफ० ले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*