च्याम्पियन्स लिग : नापोलीविरुद्ध लिभरपुलको सहज जित
इंग्लिस क्लब लिभरपुलले युएईएफ च्याम्पियन्स लिगमा जित हात पारेको छ । गएराति सम्पन्न खेलमा उसले नापोलीविरुद्ध २–० को जित हात पारेको हो ।
बेलायतको एनफिल्ड स्टेडियममा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाह र डार्विन नुनेजले एकरएक गोल गरे । खेलमा लिभरपुललाई सलाहले सुरुआती अग्रता दिलाए ।
उनले ८५ औं मिनेटमा गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए । त्यस्तै, खेलको इन्ज्युरी समयमा नुनेजले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।
समूह ‘१’ मा रहेको लिभरपुलले ६ म्याच खेल्दा पाँचमा जित र एक खेलमा हार बेहोर्यो । त्यस्तै, पराजित भए पनि नापोली अंक तालिकाको शीर्ष स्थानमा रह्यो । उसले पनि ६ म्याच खेल्दा पाँचमा जित र एक खेलमा हार बेहोर्यो ।
लिभरपुल र नापोली एक खेल अगावै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगिसकेका थिए ।









