साफ यू-१५ : नेपाली टोली आज बंगलादेश जाँदै

कोल्हवी न्यूज
२०७९ कार्तिक १२, शनिबार ०८:०७ गते

साफ यू-१५ महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोली आज ९शनिबार० बंगलादेश जाँदैछ।

बंगलादेश जाने टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद ९राखेप० र अखिल नेपाल फुटबल संघ ९एन्फा० ले बिदाइ गरेको छ। राखेपका सदस्य सचिव टंक लाल घिसिङ र एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङले नेपाली टोलीलाई बिदाइ गरेका हुन्।

बंगलादेशमा आयोजना गरिएको १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ।

प्रतियोगितामा नेपाल, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्नेछन्।

नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती राना मगरले प्रतियोगिता सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरिसकेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*