म्यानचेस्टर सिटीकाे सानदार जित

कोल्हवी न्यूज
२०७९ कार्तिक ६, आईतवार ०८:१९ गते

इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ।

शनिबार इतिहाद स्टेडियममा भएको खेलमा सिटीले ब्राइटनलाई ३(१ अन्तरले पराजित गरेको हो।

सिटीका लागि अर्लिङ ब्राउट हालान्डले दुई र केभिन डी ब्रुइनले एक गोल गरे। ब्राइटनका लिएन्ड्रो ट्रोससर्डले एक गोल फर्काए।

खेलको २२औँ मिनेटमै हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। ४३औँ मिनेटमा हालान्डले पेनाल्टीमार्फत् गोल गर्दै सिटीलाई २(० ले अगाडि बढाए।

ट्रोससर्डले ४३औँ मिनेटमा गोल गर्दै खेललाई २(१ को अवस्थामा ल्याए। ब्रुइनीले ७५‍औँ मिनेटमा गोल गर्दै सिटीलाई सानदार जित दिलाए।

जितसँगै सिटीले अंक तालिकामा आर्सनलसँगको दूरी घटाएको छ।

सिटी ११ खेलबाट २६ अंक जोडी तालिकाको दोस्रो स्थानमा छ। पराजित ब्राइटन १५ अंकका साथ आठौँ स्थानमा छ।

तालिकाको शीर्ष स्थानमा रहेको आर्सनलको अंक २७ रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*