एम्बाप्पे र मेस्सीकाे गाेलमा पिएसजीकाे सहज जित
फ्रेन्च लिग वानअन्तर्गत गएरातिको खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन ९पिएसजी० ले जित हात पारेको छ । उसले घरेलु टोली अजाक्सियोविरुद्ध ३-० को सहज जित हात पारेको हो ।
स्टेड फ्रान्कोइस कोटीमा पिएसजीलाई जित दिलाउन केलियन एम्बाप्पेले २ तथा लियोनल मेस्सीले १ गोल गरे ।
खेलको २४ औं मिनेटमा एम्बाप्पेको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । ७८ औं मिनेटमा मेस्सीले टोलीको अग्रता दोब्बर बनाए ।
८२ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पिएसजीले ३(० को सहज जित निकाल्यो ।
यो जितसँगै १२ खेलमा ३२ अंक जोडेको पिएसजी शीर्ष स्थानमा कायम रहँदा पराजित अजाक्सियो समान खेलबाट ८ अंकका साथ १८ औं स्थानमा छ ।









