विश्वकपमा आज श्रीलङ्का र नेदरल्याण्ड्स, नामिबिया र यूएई भिड्दै
टी ट्वेन्टी विश्वकप क्रिकेटमा आज क्वालिफायरअन्तर्गतका दुई खेल हुँदैछन्। आज समूह ुएुका चार टोली भिड्दैछन्।
आजको पहिलो खेल नेदरल्याण्ड्स र श्रीलङ्काबीच हुँदैछ। यी दुई टोलीबीच नेपाली समयअनुसार बिहान ९स्४५ मा खेल हुँदैछ।
यस्तै नामिबिया र यूएईबीचको खेल दिउँसो १स्४५ बाट सुरु हुनेछ।
हाल अंक तालिकामा यो समूहमा नेदरल्याण्ड्स शीर्ष स्थानमा छ। उसले दुई खेलमध्ये दुईमै जित हात पारेको छ। यस्तै श्रीलङ्का दुई खेलमा एक जित र एक हारसहित अंक तालिकामा रनरेटका आधारमा तेस्रो स्थानमा छ।
नामिबिया एक जित र एक हारसहित दोस्रो स्थानमा हुँदा यूएई दुई खेलमा दुई हारसहित पुछारमा छ।









