ट्वी–ट्वान्टी विश्वकप– वेस्ट इन्डिजको पहिलो जित
अस्ट्रेलियामा जारी आठौं संस्करणको टी–ट्वान्टी विश्वकप क्रिकेटमा जिम्बाबेलाई हराउँदै वेस्ट इन्डिजले पहिलो जित हात पारेको छ।
बुधबार भएको खेलमा जिम्बाबेलाई ३१ रनले हराउँदै पूर्व च्याम्पियन वेस्ट इन्डिजले अर्को चरण प्रवेशको सम्भावना कायमै राखेको छ।
जितसँगै वेस्ट इन्डिजले २ खेलमा २ अंक जोडेको छ र समूह ुबीु को तेस्रो स्थानमा रहेको छ। जिम्बाबे भने २ खेलमा २ अंकका साथ दोस्रो स्थानमा रहेको छ।
वेस्ट इन्डिजले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको जिम्बाबे १८।२ ओभरमा अलआउट हुँदै १ सय २२ रन मात्र बनायो।









