नवौं राष्ट्रिय खेलकुद: पाँच हजार मिटर दौडमा एपिएफका गोपीचन्द्रलाई स्वर्ण

कोल्हवी न्यूज
२०७९ कार्तिक ३, बिहीबार ०८:५४ गते

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको पुरूष ५ हजार मिटर दौडमा विभागीय टोली नेपाल एपिएफ क्लबका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन् ।

पोखरा रंगशालाको ट्रयाकमा भएको प्रतियनेगिताको सातौं तथा अन्तिम दिन बिहीबार १४ मिनेट २९।६७ सेकेन्डमा दौड पूरा गर्दै गोपीले स्वर्ण पदक जितेका हुन् ।

जारी प्रतियोगितामा यो उनको पहिलो स्वर्ण हो । यसअघि गोपीले १० हजार मिटर दौडमा रजत पदक जितेका थिए । यो स्पर्धामा भारतीय सेनामा कार्यरत कर्णालीका दुर्गाबहादुर बुढाले १४ मिनेट २९।९३ सेकेन्डको समय निकाल्दै रजत तथा त्रिभुवन आर्मी क्लबका मुकेश पालले निर्धारित दुरी १४ मिनेट ३६।६० सेकेन्डमा पूरा गर्दै कास्य पदक हात पारे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*