नवौं राष्ट्रिय खेलकुदः सफ्ट टेनिसमा प्रदेश १ लाई स्वर्ण
२०७९ आश्विन ३१, सोमबार १४:१२ गते
नवौं राष्ट्रिय खेलकुदको पुरुष सफ्ट टेनिसमा युकेश योञ्जनले प्रदेश १ का लागि स्वर्णपदक जितेका छन्।
सोमबार सफ्ट टेनिस पुरुष सिङ्गलतर्फ भएको खेलमा युकेशले स्वर्ण जितेका हुन्।
बागमतीका लागि प्रदीप खत्रीले रजतपदक जिते। बागमतीका निर्मल स्थापित र लुम्बिनीका सुरज चौधरीले कास्य पदक जिते।









