नेटोले युक्रेनको हवाई सुरक्षा प्रणाली बलियो बनाउन थप हतियार दिने

कोल्हवी न्यूज
२०७९ आश्विन २७, बिहीबार ०९:०६ गते

पश्चिमा देशहरूको सैन्य गठबन्धन नेटोले युक्रेनको हवाई सुरक्षा प्रणाली थप बलियो बनाउनका लागि सहयोग गर्ने बताएका छन्।

रुसले युक्रेनको राजधानी किएभसहितका क्षेत्रमा पछिल्ला दिनमा मिसाइल आक्रमण गरेपछि नेटोले हवाई सुरक्षाका लागि हतियार प्रदान गर्ने घोषणा गरेको हो।

बेलायत, क्यानडा, फ्रान्स र नेदरल्याण्ड्सले युक्रेनलाई हतियार प्रदान गर्ने भएका हुन्। उनीहरूले मिसाइल र राडारसहितका हतियार युक्रेनको हवाई सुरक्षा प्रणाली बलियो बनाउने विश्वास गरिएको छ।

नेटोको मुख्यालय ब्रसेल्समा युक्रेनका साझेदार ५० देशका नेताले छलफल गरेका थिए। त्यसपछि हतियार सहयोगको घोषणा भएको हो। किएभले नेटोको ब्रसेल्स बैठकलाई ‘ऐतिहासिक’ भनेको छ।रुसले सोमबार र मंगलबार १०० भन्दा बढी मिसाइल तथा दर्जनौँ ड्रोन प्रहार गरेको युक्रेनले जनाएको छ।

रुसले मिसाइल तथा ड्रोनका कारण कम्तीमा १९ जनाको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विश्वविद्यालय, खेल मैदानसहितका पूर्वाधारमा क्षति पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*