दिल्लीको एक विद्यालयमा ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

कोल्हवी न्यूज
२०७९ आश्विन २१, शुक्रबार ०७:५८

दिल्लीको एक विद्यालयको शौचालयमा ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले दिल्ली प्रहरी र विद्यालयलाई नोटिस जारी गरेकी छन् ।

एक ट्वीटमा स्वाती मालिवालले यो घटना दिल्लीको एक केन्द्रीय विद्यालयमा भएको बताएकी छिन् । स्वाती मालिवालका अनुसार पीडित बालिकाले विद्यालयका शिक्षकलाई घटनाबारे जानकारी गराएपछि उनलाई चुप लाग्न भनिएको थियो ।

बालिकालाई विद्यालयका दुई सिनियर विद्यार्थीले नै बलात्कार गरेको आरोप छ । यस विषयमा केन्द्रीय विद्यालय संगठनको क्षेत्रीय कार्यालयले पनि छानबिन गर्ने जनाएको छ । दिल्ली प्रहरीले यस घटनाको सम्बन्धमा एफआईआर दर्ता गरेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*