टी-ट्वेन्टी सेरिज : दक्षिण अफ्रिकाविरुद्ध भारत ८ विकेटले विजयी
२०७९ आश्विन १३, बिहीबार ०६:३३ गते
दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी-ट्वेन्टी म्याचमा भारत ८ विकेटले विजयी भएको छ । तिरुवनन्तपुरमा भएको प्रतिस्पर्धामा दक्षिण अफ्रिकी टिमले पहिले ब्याटिङ गर्दै १ सय ६ को स्कोर बनाएको थियो । जवाफमा सूर्यकुमार यादव र केएल राहुलको शानदार ब्याटिङको बलमा भारतले २० बल बाँकी छँदै जित हात पारेको हो । ३ म्याचको टी-ट्वेन्टी सेरिजमा भारतले १-० को अग्रता बनाएको छ ।
यस्ताे छ स्काेरबाेर्ड
भारतः १०६/८ (२० ओभर)
साउथ अफ्रिकाः ११०/२ (१६.४ ओभर)
१ सय ७ रन पछ्याउँदै उत्रेको भारतको सुरुवात खासै राम्रो थिएन । कप्तान रोहित शर्मा शून्य स्कोरमै आउट भए । विराट कोहली पनि केवल ३ रनमै सीमित भए । तर पछि केएल राहुल र सूर्यकुमार यादवले म्याचको चित्र बदलिदिए । दुवैले मुस्किल पिचमा धमाकेदार ब्याटिङ गरे ।









