डोनेस्क क्षेत्र कब्जामा नआएसम्म आक्रमण गर्ने रूसको घोषणा

कोल्हवी न्यूज
२०७९ आश्विन १३, बिहीबार ०६:२५ गते

युक्रेनको पूर्वी डोनेस्क क्षेत्र आफ्नो कब्जामा नआएसम्म आक्रमणजारी रहने रूसले घोषणा गरेको छ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुस समर्थित प्रशासनलाई उद्धृत गर्दै डोनेस्क जनवादी गणतन्त्रको मुक्ति प्राप्त नगरेसम्म आक्रमण जारी रहने बताउनुभएको हो।

रुसको रक्षा मन्त्रालयले पूर्वी डोनेस्क क्षेत्रको रुसी नियन्त्रित सहर लिमानमा युक्रेनी आक्रमण असफल भएको र किभका ७० सैनिकको मृत्यु भएको बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*