कोल्हवी भैरव तेक्वाण्डो डोजाङ्गको आयोजनामा शुभकामना आदानप्रदान सम्पन्न
कोल्हवी:कोल्हवी भैरव तेक्वाण्डो डोजाङ्गको आयोजनामा कोल्हवी बाजार नगरपालिका अगाडी भलिबल कोर्टमा एक कार्यक्रमका बिच शुभकामना आदानप्रदान सम्पन्न भएको हो ।
कार्यक्रममा मुख्य प्रशिक्षक राजकुमार चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी कोल्हवी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरी,बिशिष्ठ अतिथीहरुमा पुर्व नगरप्रमुख भरत बहादुर भण्डारी,शिक्षा विद केवल प्र.चौधरी,वडा नं.१का वडा अध्यक्ष राजहरण चौधरी,कोल्हवी नगर उद्योगवाण्ज्यि संघका अध्यक्ष लक्ष्मी साह,पुर्व कोल्हवी नगर उद्योगवाण्ज्यि संघका अध्यक्ष महेश कुमार साह,वडा नं.१ का वडा सदस्य महालक्ष्मी पनुहर,अन्तराष्ट्रिय प्रशिक्षक मानध्वज लामा साथै जनशक्ति कल्वका अध्यक्ष खुसी चौधरी सहित कोल्हवी नगरका समाजसेवीहरुको सहभागीता रहेको थियो भने कार्यक्रम संचालन नन्देश्वर चौधरीले गरेका थिए!
कार्यक्रममा स्वागत मन्तव्य अन्तराष्ट्रिय प्रशिक्षक मानध्वज लामा, मन्तव्य शिक्षा विद केवल प्र.चौधरी,पुर्व नगरप्रमुख भरत बहादुर भण्डारी र नगरप्रमुख रामप्रसाद चौधरीले राखेका थिए । कार्यक्रमा पुर्व नगरप्रमुख भरत बहादुर भण्डारीले ३०थान टेक्ववाण्डो पोशाक र पुर्व कोल्हवी नगर उद्योग वाण्ज्यि संघका संस्थापकअध्यक्ष महेश कुमार साहले खेलकुद सामग्री प्रदान गर्नु भएको थियो ।गाउँ टोल सफा राखौं स्वस्थ वानीको विकास गरौं,स्वास्थको लागि खेलकुद रास्ट्रको लागि खेलकुद भन्ने मुल नाराको साथ कोल्हबी बजार हुदैँ पुरानो बभनी ,कोल्हवी गाउ परिक्रममा परी कार्यक्रम स्थलमा आएको थियो ।










