बेल्जियममा मन्त्रीलाई अपहरणको प्रयास, नेदरल्याण्डबाट चार जना पक्राउ
न्याय मन्त्री भिन्सेन्ट भान क्विकनबोर्नको घर बाहिर बन्दुक भएको कार र बोत्तलमा पेट्रोल फेला परेपछि उनिमाथि आक्रमण वा अपहरण हुन लागेको शंका गरिएको थियो । मन्त्रीलाई गम्भीर खतरापछि पुलिसको कडा निगरानीमा राखिएको छ ।
बेल्जियमका न्यायमन्त्रीलाई अपहरण गर्ने षड्यन्त्र गरेको आरोपमा चार जना व्यक्ति पक्राउ परेका छन् । तीन जना व्यक्ति यसअघि नै नेदरल्याण्डमा पक्राउ परेकोमा चौथो व्यक्तिलाई पनि प्रहरीले नेदरल्यान्ड्समै हिरासतमा लिएको राष्ट्रिय सार्वजनिक अभियोजकको कार्यालयले जनाएको छ।
प्रहरीले अहिले नेदरल्याण्ड्सका चार संदिग्धलाई सुपुर्दगी गर्ने प्रयास गरिरहेको छ । यो हप्ताको सुरुमा न्याय मन्त्री भिन्सेन्ट भान क्विकनबोर्नको घर बाहिर बन्दुक भएको कार र बोत्तलमा पेट्रोल फेला परेपछि उनिमाथि आक्रमण वा अपहरण हुन लागेको शंका गरिएको थियो । मन्त्रीलाई गम्भीर खतरापछि पुलिसको कडा निगरानीमा राखिएको छ ।










