एनआरएनए अमेरिका कानुनी रूपमा दर्ता

कोल्हवी न्यूज
२०७९ आश्विन १, शनिबार ०९:५१ गते

गत महिना सूर्य लम्सालको अध्यक्षतामा गठन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकालाई त्यहाँको कानुनअनुसार मुनाफा रहित सामाजिक संस्थाको रूपमा दर्ता गरिएको छ । यसअघि सो कार्यसमितिलाई आइसीसीले पनि मान्यता प्रदान गरेको थियो।

प्रवक्ता विराज भण्डारीले भनेका छन्, (हालसम्म रवाफ र पदका लागि मात्र प्रयोग भएको यो संस्थालाई अब जनस्तरमा पुर्‍याई संस्थाका मूल्य र मान्यतालाई सर्वोपरि ठान्दै यसका उद्देश्यमा केन्द्रित हुन यो नयाँ कार्यसमिति कटिबद्ध छ। यस स्वच्छ अभियानलाई निरन्तरता दिने एनआरएनए नेतृत्व तथा सम्पूर्ण इमान्दार अग्रजहरूमा हार्दिक धन्यवाद दिँदै हामीलाई सुम्पिनुभएको जिम्मेवारी सशक्त ढङ्गले पूरा गर्नेमा प्रतिबद्ध भएको जानकारी गराउँदछौं।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*