रुसको कब्जाबाट मुक्त शहर इजियम पुगे युक्रेनी राष्ट्रपति

कोल्हवी न्यूज
२०७९ भाद्र ३०, बिहीबार ०७:५९ गते

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रुसी सेनाबाट कब्जामुक्त गरिएको इजियम शहर पुगेका छन्। फिर्ता गरेको सहरमा पुगेर जेलेन्स्कीले आफ्नो सेनालाई धन्यवाद दिएका हुन्।

उनी युक्रेनी झण्डा फहराउने कार्यक्रममा पनि सहभागी भए। खार्किभ, इजियमलगायत शहर पुनः नियन्त्रण गर्न सफल भएको युक्रेनी सेना अब डोनबास नियन्त्रणमा लिने योजनामा अघि बढिरहेको अधिकारीहरुले जनाएका छन्।

हालसम्म युक्रेनी सेनाले रुसी नियन्त्रणमा गएको आठ हजार वर्ग किलोमिटर भू–भाग फिर्ता गरिसकेको अधिकारीको दाबी छ। युक्रेनको दाबीको स्वतन्त्र पुष्टि भने भइसकेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*