निजगढ अन्तरास्ट्रिय विमानस्थल कुनै पनि हालतमा बन्छ: खानेपानी मन्त्री उमाकान्त चौधरी(भिडिओ सहित)

अशेष ढुंगाना
२०७९ असार ९, बिहीबार २१:५९ गते

कोल्हवी: बारा जिल्लाको कोल्हवी नगरपालिकमा आज भएको आठौ नगर सभालाई सम्बोधन गर्दै प्रमुख अथिति खानेपानी मन्त्री माननीय उमाकान्त चौधरीले निजगढ अन्तरास्ट्रिय विमानस्थल कुनै पनि हालतमा बन्ने बताउनु भएको छ।
मन्त्री चौधरीको गृह नगर कोल्हवी नगरपालिका भएको र आफ्नै पार्टी नेपाली काङ्ग्रेसको नेतृत्वमा हाल सालै सम्पन्न स्थानिय तह निर्वाचनमा मेयरमा राम प्रसाद चौधरी र उप- मेयरमा लक्ष्मी कुमारी चौधरी निर्वाचित भएका थिए।
सोही नगर सभालाई सम्बोध गर्ने क्रममा उहाँले एस्तो बताउनु भएको हो।यो विमानस्थल हाम्रो शान मात्र नभई रास्टृिय गौरबको आयोजना समेत रहेकोमा आफू सरकारमा हुदा होस या नहुदा यश विषयमा सदनमा मात्र नभई यश सङ सम्बन्धित सबै सरोकार वाला निकाय सङ बारम्बार छिटो भन्दा छिटो बनाउनु पर्ने भन्दै पहल समेत गरेको नगर सभामा बताउनु भएको छ।तर अदालतको अप्रत्याशित तरिकाले आयेको निर्णय प्रति भने आफू दुखित भएको बताउनु भएको छ।बाकी तलको भिडियो लिन्क हेर्नुहोला।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*