युरोपमा पहिलोपटक ३ दिन महिनावारी बिदा दिने तयारी गर्दै स्पेन

कोल्हवी न्यूज
२०७९ जेष्ठ १०, मंगलवार ०७:५३

महिनावारीको समयमा अत्याधिक पीडा महसुस गर्ने कर्मचारीका लागि स्पेनले अब तीन दिन तलबयुक्त बिदा दिने तयारी गरेको छ । यस्तो लागू गर्ने स्पेन पहिलो पश्चिमी राष्ट्र बन्नेछ ।

प्रजनन स्वास्थ्य र गर्भपतन अधिकार सम्बन्धी जारी विधेयकलाई विस्तार गर्दै यो नीति लागू गर्न लागिएको हो । यसले आगामी मंगलबार नै स्वीकृति पाउने बताइएको छ ।

यो प्रस्तावमा महिनावारी स्वास्थ्य सम्बन्धी अन्य उपायहरु पनि उल्लेख गरिएको छ । जस्तै सुपरमार्केटमा स्यानीटरी प्याडहरुमाथि सबै कर हटाउने, विद्यालयमा अनिवार्य प्याड उपलब्ध गराउने लगायत गर्भपतनको सेवालाई निःशुल्क बनाउनेबारे समेत छलफल भइरहेको छ । त्यस्तै १६ देखि १७ वर्षीया किशोरीहरुलाई अभिभावकको अनुमति बिना पनि गर्भपतन गराउन पाउने कानुन प्रस्ताव गरिएको छ ।

महिनावारी सम्बन्धी कुनैपनि विषयलाई ‘ट्याबू’ का रुपमा रहन नदिने आफूहरुको लक्ष्य रहेको स्पेनकी समानता तथा लैङ्गिक हिंसा सम्बन्धी मन्त्री एन्जेला रोड्रिगेजले बताएकी हुन् । उनले भनेकी छन्, “बिरामी हुँदा जोकोहीले पनि बिदा लिन पाउँछ र महिनावारीको समयमा पीडादायी लक्षण भएकाहरुले घरमा आराम गरेर बस्न पाउनुपर्छ । ” बिबिसीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*