ट्युनिसियानजिकै डुब्यो हजार टनसम्म इन्धन बोकेको पानीजहाज

कोल्हवी न्यूज
२०७९ बैशाख ५, सोमबार ०८:०६

उत्तर अफ्रिकी मुलुक ट्युनिसिया नजिकैको समुद्रमा एउटा मालवाहक पानीजहाज डुबेको छ।समाचार संस्था रोयटर्सका अनुसार ७५० देखि १ हजार टनसम्म इन्धन बोकेको उक्त जहाज गत शुक्रबार ट्युनिसियाको सीमानजिकैको समुद्रमा डुबेको हो।

इक्वेटोरियल गिनीबाट माल्टा जान लागेको उक्त जहाज खराब मौसमका कारण डुबेको बताइएको छ। ट्युनिसयाका नौसेनाहरू जहाजमा रहेका सात जना चालक दलका सदस्यको उद्धार गरेका छन्।उनीहरूको अवस्था सामान्य छ। ५८ मिटर लामो र ९ मिटर चौडा जहाजमा रहेको इन्धन समुन्द्रमा मिसिएर उक्त क्षेत्रमा प्रदुषण हुने खतरा छ।

ट्युनिसियाको रक्षा मन्त्रालयले छिमेकी मुलुकहरूले जहाजबाट हुने खतरा रोक्न सघाउने प्रस्ताव गरेको बताएको छ। डुबेको जहाजको अधिकारीहरूले निरीक्षण गरेका थिए। अहिलेसम्म जहाजबाट कुनै लिकेज नभएको उनीहरूले बताएका छन्।

ट्युनिसियाको रक्षा मन्त्रालयले इन्धन समुद्रमा मिसिन नदिन छिमेकी मुलुकसँग मिलेर आफ्नो देशका नौसैनिक काम गर्ने जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*