मस्कलाई भ्रमण गर्न युक्रेनी राष्ट्रपतिको निम्तो

कोल्हवी न्यूज
२०७८ फाल्गुन २३, सोमबार ०८:२८ गते

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रविधि व्यवसायी इलोन मस्कलाई युद्धपछि युक्रेन भ्रमणमा आउन निम्तो दिएका छन्।

जवाफमा मस्कले पनि आफू युक्रेन भ्रमणमा आउन इच्छुक रहेको बताएका छन्। मस्कले युक्रेनलाई एक ट्रक स्टारलिङ्क इन्टरनेट टर्मिनल पठाएका थिए, जसले उनको कम्पनीको स्याटेलाइटमा आधारित सेवामा जोडिन्छन्। यो साता उनले थप त्यस्ता सामग्री पठाउने बताएका छन्।

युक्रेनी सरकार युक्रेनको इन्टरनेट पहुँच निश्चित गर्न र सञ्चार संरचनामाथि रुसी आक्रमणको प्रभाव कम गर्ने उद्देश्यले काम गर्दै आएको छ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*