युक्रेनलाई सहयोग गरेको भन्दै बेलायतलाई रुसले दियो सीधा चेतावनी

कोल्हवी न्यूज
२०७८ फाल्गुन २२, आईतवार ०८:०४ गते

रुसको विदेश मन्त्रालयले युक्रेनलाई सहयोग गरेकोमा बेलायती सरकारलाई सीधै निशाना बनाउँदै विज्ञप्ति जारी गरेको छ।रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले किभलाई बेलायतले दिएको सहयोग रुसले कहिले नभुल्ने चेतावनी दिएकी हुन्। रुसी मिडियाका अनुसार उनले यसलाई ‘युक्रेनको अति(राष्ट्रवादी शक्ति’ भनेकी छन्।

मारियाले भनेकी छन्, ‘लन्डनले प्रतिबन्धको उन्मादमा प्रमुख नहोला, तर भूमिका खेलेको छ। जसले हामीलाई जवाफी कदम चाल्नुको विकल्प राखेको छैन।’ रुसले वास्तवमा युक्रेनका नागरिकलाई रुसी सेनाबाट नभई ‘युक्रेनी राष्ट्रवादीहरू’ बाट खतरा रहेको दाबी गर्छ।

युक्रेनमा जारी रुसी आक्रमणका बीच बेलायत सरकारले युक्रेनलाई हतियार र आर्थिक सहायता दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*