युक्रेनमा रहेका नेपालीलाई सीमा क्षेत्रमा जान पुनः आग्रह

कोल्हवी न्यूज
२०७८ फाल्गुन १७, मंगलवार ०९:१४ गते

युक्रेनमा रहेका नेपाली नागरिकलाई छिमेकी देशको सीमा क्षेत्रमा जान सरकारले पुनः आग्रह गरेको छ ।

राजधानी किएभमा कर्फ्यु खुकुलो भएको भन्दै जर्मनीमा रहेको नेपाली दूतावासले पोल्यान्ड, स्लोभाकिया, हङ्गेरी र रोमानियाको सीमा क्षेत्रमा जान पुनः आग्रह गरेको हो ।

युक्रेनको पूर्वी, उत्तरी र मध्य क्षेत्रमा रहेका नेपालीलाई सीमा क्षेत्रको सुरक्षित ठाउँमा आउन यो उपयुक्त मौका रहेको पनि नेपाली दूतावासले विज्ञप्ति निकालेर जनाएको छ । केही समस्या परेमा दूतावासमा सम्पर्क गर्न साथै गैर आवासीय नेपाली सङ्घका प्रतिनिधिसँग फोन सम्पर्क गर्न टेलिफोन नम्बर पनि सार्वजनिक गरेको छ ।

युक्रेनमा रहेका दुई सय ५८ नेपाली सम्पर्कमा रहेका र हिजो बेलुकासम्म एक सय ८५ जना चार वटा युरोपेली देश प्रवेश गरेका दूतावासले जनाएको छ । अरु ७३ जना सम्पर्कमै रहेका युक्रेनका लागि गैरआवासीय नेपाली राजदूत रामकाजी खड्काले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*