कोरियामा श्रमिक प्रवेश खुला

कोल्हवी न्यूज
२०७८ फाल्गुन १७, मंगलवार ०८:५८ गते

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान छनोट भएका युवाका लागि पुनः प्रवेश खुला भएको छ ।

​ कोरोनाको सङ्क्रमण जोखिमका कारण माघको दोस्रो सातादेखि रोकिएको प्रवेश फागुन २३ गतेदेखि खुला गरिने भएको हो ।वैदेशिक रोजगार विभागका अनुसार फागुन २३ गते ईपीएसमार्फत दक्षिण कोरियामा रोजगारीका लागि छनोट भएर पनि जान नपाएका मध्येबाट २३६ जना एकैपटक कोरिया जाने छन् ।

सो दिन यसअघि रोकिएकासहित ९८ नियमित र १३८ प्रतिबद्ध श्रमिक कोरिया जाने छन् । प्रतिबद्ध श्रमिक भन्नाले ईपीएसमार्फत कोरिया गएर चार वर्ष १० महिना काम गरेर समयभित्रै फर्केकालाई बुझाउँछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*