पोखरी सौन्दर्यकरणका क्रममा रौतहटमा युवकको शव बरामद, २ दिनदेखि थिए वेपत्ता
रौतहट जिल्लाको गौरस्थित एक पोखरीमा युवकको शव बरामद भएको छ । गौर नगरपालिका वडा नम्बर १ स्थित शिवालय मन्दिरको छेउमा रहेको पोखरीबाट युवकको शव बरामद भएको हो । पोखरी सौन्दर्यकरण क्रममा पोखरीमा जलकुम्मी भित्र युवकको शव फेला परेको प्रहरीले जनाएको छ । युवकको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
गौर नगरपालिकाले उपलब्ध गराएको मेसिनको साहयताले निकालिएको शव स्थानीय वडा नम्बर २ निवासी ३० वर्षीय शेख एकवालको रहेको प्रहरीले पुष्टि गरेको छ । एकबाल विगत दुई दिनदेखि सम्पर्क विहिन थिए । प्रहरीका अनुसार एकवाल सोहि ठाउँमा डेरा गरेर बस्दै आएका थिए । उनि छारे रोगबाट समेत ग्रस्ती भएको कारण पोखरीको पानी हेर्दा लडेर पोखरीमा खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
पिठ्युमा कपडाको झोला सहित युवकलाई पोखरीबाट बाहिर निकालिएको थियो । युवकको शव परीक्षणको लागि जिल्ला अस्पताल गौरमा राखिएको र थप अनुसन्धान भइरहेको रौतहट प्रहरीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । यात्राडेलीबाट