श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर हत्या प्रयास गर्ने युवक पक्राउ

कोल्हवी न्यूज
२०८३ श्रावण १२, मंगलवार १२:१० गते

सर्लाहीको बागमती नगरपालिका–५ टेकानीस्थित ससुरालीमा श्रीमतीलाई कुटपिट गरी साडीको पासो लगाएर हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनकौल गाउँपालिका–१ शेखौनाका २१ वर्षीय बसन्ता बैठा धोबी रहेका छन्। प्रहरीले उनीमाथि सोमबार राति करिब ८ बजे आफ्नै १८ वर्षीया श्रीमती चिन्ता देवीलाई कुटपिट गरी घाँटीमा साडीको पासो लगाएर झुन्ड्याउने प्रयास गरेको आरोप छ।

घटनाका क्रममा बहिनी नाता पर्ने १० वर्षीया कुसुम कुमारीले देखेपछि तत्काल आफन्तलाई खबर गरेकी थिइन्। आफन्तले समयमै पासो खोलेर चिन्ता देवीको उद्धार गरेका थिए।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी राजघाटबाट खटिएको टोलीले घाइते चिन्ता देवीलाई उपचारका लागि बागमती मोडेल अस्पताल, कर्मैया पुर्‍याएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज रिफर गरिएकी उनलाई राति करिब १०ः३० बजे रौतहटको गरुडास्थित बेटर नेपालमा लगिएको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

घटनामा संलग्न बसन्ता बैठा धोबीलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*