डिल्लीबजार कारागारबाट फरार कैदी हेटौँडाबाट पक्राउ

कोल्हवी न्यूज
२०८३ श्रावण ६, बुधबार ०८:१७ गते

हेटौँडा । जेन्जी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका एक कैदीलाई मकवानपुर प्रहरीले हेटौँडाबाट पक्राउ गरेको छ ।

सहकारी ठगी मुद्दामा कैद सजाय भोगिरहेका काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५ का चन्द्रबहादुर तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । उनी ‘सिबी लामा’ नामले समेत चिनिने प्रहरीले जनाएको छ ।

फरार कैदीको खोजी गर्ने क्रममा वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको प्रहरी टोलीले तामाङलाई हेटौँडा उपमहानगरपालिका–९ बाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय भीमफेदी पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*