रौतहटमा पोखरीमा हाम फालेका भारतीय युवक मृत फेला

कोल्हवी न्यूज
२०८३ असार ३१, बुधबार १६:३३ गते

रौतहट — रौतहटको ईशनाथ नगरपालिका–४ ठुलो लचमरीस्थित मठिया माध्यमिक विद्यालयको माछा पोखरीमा हाम फालेर बेपत्ता भएका एक भारतीय युवक मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार मंगलबार राति करिब ९ः३० बजे युवकले पोखरीमा हाम फालेका थिए। घटनापछि प्रहरी चौकी मठिया र सशस्त्र प्रहरी औरैयाको संयुक्त टोलीले रातभर खोजी अभियान सञ्चालन गरेको थियो।

बुधबार बिहान पोखरीबाट शव फेला परेको प्रहरीले जनाएको छ। मृतक भारतको बिहार राज्य, पूर्वी चम्पारण (मोतिहारी) जिल्ला, ढाका ग्राम पञ्चायत–३० निवासी लाल मोहम्मदका २३ वर्षीय छोरा मोहम्मद वजिर रहेको प्रहरीले जनाएको छ।

शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*