रौतहटमा फरार प्रतिवादीविरुद्ध प्रहरीको विशेष अभियान, एकै दिन ९ जना पक्राउ

कोल्हवी न्यूज
२०८३ असार ३१, बुधबार ११:०८ गते

रौतहट — जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ विशेष अभियान अन्तर्गत एकै दिन ९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

विभिन्न मुद्दामा जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कैद तथा जरिवाना सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका उनीहरूलाई मंगलबार जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी युनिटले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त गौतमका अनुसार पक्राउ पर्नेमा चेक अनादर मुद्दाका विषुन्द्र साह, विवेक मणि यादव, विकास कुमार, आशनारायण साह र रतेश कुमार मिश्र रहेका छन्। यस्तै चोरी तथा डाँका सम्बन्धी मुद्दामा दोषी ठहर भएका अन्य प्रतिवादीहरू पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार अदालतले तोकेको २ वर्ष कैद सजाय तथा २७ हजार रुपैयाँ जरिवाना कार्यान्वयनका लागि पक्राउ परेका सबै प्रतिवादीलाई मंगलबार नै जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको छ।

प्रहरीले फरार प्रतिवादीलाई कानुनी दायरामा ल्याउने अभियानलाई निरन्तरता दिइने जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*