आजदेखि १४.२ केजीकै सिलिन्डर पाइने

कोल्हवी न्यूज
२०८३ असार ३१, बुधबार ०६:५१ गते

नेपाल आयल निगमले खाना पकाउने एलपीजी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई पुनः पुरानै अवस्थामा फर्काएको छ। बुधबारदेखि देशभरका उपभोक्ताले साविककै १४.२ केजी क्षमताको पूर्ण सिलिन्डर ग्यास खरिद गर्न पाउने भएका छन्।

ग्यास आपूर्तिमा आएको अस्थायी समस्याका कारण निगमले केही समय ७.१ केजी क्षमताको सिलिन्डर भर्ने व्यवस्था लागू गरेको थियो। आपूर्ति अवस्था सुधार भएसँगै उक्त व्यवस्था हटाउँदै पुनः १४.२ केजीकै सिलिन्डर वितरण सुरु गरिएको निगमले जनाएको छ। हाल एक सिलिन्डरको मूल्य दुई हजार ६० रुपैयाँ कायम छ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) का बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट ग्यास लोडिङ सहज बनेको र भारतबाट आयात नियमित रूपमा भइरहेकाले पुरानै प्रणाली लागू गरिएको हो। साथै, उपभोक्ताबाट पूर्ण क्षमताको सिलिन्डरको माग पनि उच्च रहेको जनाइएको छ।

निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगर्न आग्रह गर्दै बजारमा ग्यासको आपूर्ति नियमित रहेको स्पष्ट पारेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*