आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारकै क्रममा निधन

कोल्हवी न्यूज
२०८३ असार ३०, मंगलवार १०:०२ गते

सर्लाहीमा आफैंमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका ३५ वर्षीय विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सर्लाहीको गडैता नगरपालिका–१० निवासी मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेका बेला मंगलबार बिहान करिब २:४० बजे मृत्यु भएको हो।

मण्डलले गत असार २६ गते आफ्नै घरनजिक पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। गम्भीर रूपमा घाइते भएपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर बर्न अस्पतालमा भर्ना गरिएको थियो।

शरीरको अधिकांश भाग जलेर गम्भीर अवस्थामा रहेका मण्डलको उपचारमा चिकित्सकहरूले निरन्तर प्रयास गरे पनि उनको ज्यान जोगाउन नसकिएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*