अविरल वर्षापछि मकवानपुरका दुई प्रमुख सडकखण्डमा सवारी सञ्चालन रोक

कोल्हवी न्यूज
२०८३ असार ३०, मंगलवार ०७:०४ गते

हेटौंडा, २९ असार। अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण मकवानपुरका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। यात्रु तथा सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले केही सडकमा सवारी सञ्चालन अस्थायी रूपमा रोक लगाएको जनाएको छ।

प्रशासनका अनुसार हेटौंडा–ठिङ्गन–बागमती–ललितपुर सडकखण्ड अन्तर्गत चौघडा क्षेत्रबाट आइतबार साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म सवारी आवागमन बन्द गरिएको छ।

त्यसैगरी हेटौंडा–भैंसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौं सडकखण्ड अन्तर्गत चौकीटोल क्षेत्रमा पनि आइतबार साँझ ५ बजेदेखि सोमबार बिहान ५ बजेसम्म सवारी सञ्चालन पूर्ण रूपमा रोकिएको छ।

सडकको अवस्था जोखिमपूर्ण रहेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न तथा प्रशासनबाट जारी हुने आधिकारिक सूचनाको पालना गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

हाल जिल्लामा निरन्तर वर्षा भइरहेकाले थप पहिरो, सडक अवरोध तथा अन्य प्राकृतिक विपद्को जोखिम उच्च रहेकाले यात्रामा विशेष सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*