नेपालका चार पूर्वप्रधानमन्त्री र एक पूर्वराष्ट्रपति देखिए एउटै मञ्चमा

कोल्हवी न्यूज
२०८३ असार १४, आईतवार १७:५८ गते

काठमाडौँस्थित राष्ट्रिय सभागृहमा आइतबार आयोजित एक विशेष कार्यक्रममा नेपालका चार पूर्वप्रधानमन्त्री र एक पूर्वराष्ट्रपति एउटै मञ्चमा देखिएका छन्।

मदन भण्डारी फाउण्डेशनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’मा उनीहरू सहभागी भएका हुन्।

कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरूकेपी शर्मा ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल साथै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एकै मञ्चमा उपस्थित भएका थिए।

सोही अवसरमा फाउण्डेशनकी अध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारीको जीवनी र योगदान समेटेर तयार पारिएको पुस्तकका लेखक रमेश रुछेन राईलाई २ लाख रुपैयाँ राशिको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान गरेकी थिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*