प्रतिनिधिसभा आज बस्दै, महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश हुने

कोल्हवी न्यूज
२०८३ असार १४, आईतवार ०६:४८ गते

काठमाडौं । लगातार स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनका कारण पटक–पटक सारिएको बैठकमा आज विभिन्न महत्त्वपूर्ण कार्यसूची प्रस्तुत हुनेछन्।

बैठकको प्रारम्भमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउने कार्यसूची रहेको छ।

यस्तै, प्रधानमन्त्रीको तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन–२०८३ प्रतिनिधिसभामा पेश गर्ने कार्यक्रम छ।

यसका साथै व्यवस्थापन कार्यअन्तर्गत विभिन्न विधेयकहरू सदनमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

 ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*