शिक्षा र स्वास्थ्यमा कर लगाउनु संविधानको भावना विपरीत : सांसद अमरेशकुमार सिंह

कोल्हवी न्यूज
२०८३ जेष्ठ २८, बिहीबार १५:३१ गते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको भन्दै कडा आपत्ति जनाएका छन्।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि टिप्पणी गर्दै उनले संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै यस्ता आधारभूत सेवामा कर लगाउनु उचित नहुने बताएका हुन्।

“म संविधानको हस्ताक्षरकर्ता माननीय हुँ, तर संविधानले ग्यारेन्टी गरेको मौलिक अधिकारमा कसरी कर लगाउन पाइन्छ ?” भन्दै उनले सरकारसँग प्रश्न गरेका छन्।

सांसद सिंहले शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा कर लगाउने निर्णय संविधानको मर्म र भावनाविपरीत रहेको दाबी गरे। उनले यस्ता नीतिले नागरिकको आधारभूत सेवामा पहुँच प्रभावित हुन सक्ने भन्दै सरकारलाई निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।

बजेटमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाउने व्यवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै उनले संविधानले सुनिश्चित गरेका अधिकारलाई थप सुलभ र प्रभावकारी बनाउनेतर्फ सरकार केन्द्रित हुनुपर्ने धारणा राखे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*