धनुषा रास्वपा सभापति लक्ष्मेश्वर यादव निलम्बित, अधिवेशनस्थलमा विरोधपछि कार्यक्रम प्रभावित
ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को धनुषा जिल्ला कार्यसमितिका सभापति लक्ष्मेश्वर यादव लाई पार्टीले तत्कालका लागि जिम्मेवारीबाट हटाउँदै निलम्बन गरेको छ।
पार्टीको केन्द्रीय अनुशासन आयोगले मंगलबार जारी गरेको निर्णयअनुसार यादवमाथि उठेका विभिन्न आरोपबारे थप छानबिन जारी रहेकाले अनुसन्धान टुंगो नलागेसम्म उनी जिल्ला सभापतिको भूमिकामा रहने छैनन्। आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमाल द्वारा हस्ताक्षरित पत्रमा पार्टीको विधान, आचारसंहिता र संगठनात्मक मूल्यविपरीत गतिविधि गरेको भन्ने उजुरी प्राप्त भएको उल्लेख गरिएको छ।










