मौलापुरमा हस्तक्षेप रोक्न मेयर रिना साहको चेतावनी, ‘नत्र नगरपालिकामा ताल्चा लगाउँछौँ’

कोल्हवी न्यूज
२०८३ जेष्ठ ५, मंगलवार १६:०८ गते

रिनाकुमारी साह ले वालेन्द्र शाह समक्ष मौलापुर नगरपालिकामा भइरहेको गैरकानूनी हस्तक्षेप तत्काल बन्द गर्न आग्रह गर्दै अन्यथा नगरपालिकामा ताल्चा लगाउन बाध्य हुने चेतावनी दिएकी छन्।

मौलापुर नगरपालिकाकी मेयर साहले सोमबार जारी गरेको प्रेस वक्तव्यमा संविधान र कानूनअनुसार स्थानीय तह सञ्चालन हुन दिन सरकारलाई निर्देशन दिन प्रधानमन्त्रीसमक्ष अनुरोध गरेकी हुन्।

मेयर साहले विद्युत्, खानेपानी तथा “छोरीसँग मेयर कार्यक्रम” अन्तर्गत विवाह सहयोग रकम वितरणमा भइरहेको अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्। नगरसभाबाट पारित बजेट, नीति तथा कार्यक्रमअनुसार “फ्री बिजुली, फ्री पानी” कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको र “छोरीसँग मेयर कार्यक्रम” अन्तर्गत आर्थिक सहयोग सुनिश्चित गरिएको उनको भनाइ छ।

उनले चालु आर्थिक वर्षको सुरुआतमा तत्कालीन सरकारद्वारा पठाइएका प्रमुख प्रशासकीय अधिकृत लामो समयसम्म कार्यालयमा हाजिर नभएको तथा त्यसपछि आएको सरकारी निर्देशन र आचारसंहिताका कारण भुक्तानी प्रक्रिया प्रभावित भएको उल्लेख गरेकी छन्।

मेयर साहले हालको सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृतसमेत नियमित रूपमा कार्यालयमा उपस्थित नभएको आरोप लगाउँदै बैंक खाता सञ्चालन प्रक्रिया नै अवरुद्ध गरिएको दाबी गरिन्। पटक–पटक निर्देशन दिँदा पनि विभिन्न बहानामा भुक्तानी प्रक्रिया ढिलाइ गरिएको उनको भनाइ छ।

उनले स्थानीय सरकारलाई सहजीकरण गर्नुको सट्टा कर्मचारीतन्त्रमार्फत अनावश्यक हस्तक्षेप गरिएको आरोप लगाउँदै निर्वाचित जनप्रतिनिधिको निर्देशन अवज्ञा गर्ने, नगरसभाबाट पारित कार्यक्रमको भुक्तानी रोक्ने तथा योजना कार्यान्वयनमा ढिलासुस्ती गरिने गतिविधिले स्थानीय स्वायत्ततामाथि प्रश्न उठाएको बताइन्।

पछिल्ला घटनाक्रमले गम्भीर अवस्था सिर्जना गरेको उल्लेख गर्दै मेयर साहले प्रश्न गरेकी छन्, “के मौलापुर नगरपालिका बन्द गर्नुपर्ने हो?” उनले तत्काल हस्तक्षेप बन्द नगरे नगरपालिकामा ताल्चा लगाउन बाध्य हुने चेतावनी दोहोर्‍याएकी छन्।

यस्तो छ वक्तव्यको पूर्णपाठ

696341965_1630130971589171_1480354505194327946_n

रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*