राष्ट्रिय स्वतन्त्र पार्टीको आपत्ति: प्रधानन्यायाधीश नियुक्ति रिट दर्ता आदेशपछि सर्वोच्चमा तनाव

कोल्हवी न्यूज
२०८३ जेष्ठ ४, सोमबार १५:२६ गते

प्रस्तावित प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाविरुद्ध दायर रिट निवेदन दर्ता गर्न कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा आपत्ति जनाएको छ।

सोमबार प्रतिनिधिसभा बैठकमा नियमावलीमाथिको छलफलका क्रममा विशेष समय लिएर रास्वपा सांसद यज्ञमणि न्यौपानेले कामु प्रधानन्यायाधीश मल्लको कदमप्रति नियमापत्ति जनाएका हुन्।

अधिवक्तासमेत रहेका न्यौपानेले अदालतको प्रशासनिक तथा न्यायिक कार्यप्रणालीका स्थापित मूल्य र मान्यताविपरीत उक्त आदेश आएको दाबी गरे।

यसैबीच, प्रधानन्यायाधीश सिफारिस सम्बन्धी रिट दरपीठविरुद्धका निवेदन सोमबार नै दर्ता गर्न आदेश दिएपछि सर्वोच्च अदालतमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। कामु प्रधानन्यायाधीश मल्लले प्रशासनबाट दरपीठ गरिएको रिट दर्ता गर्न आदेश दिएसँगै सर्वोच्च प्रशासनका कर्मचारीहरूले कार्यालय छोडेको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*