नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा आयोजना गरिएको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा पार्टीभित्रको कार्यविभाजनका विषयमा मुख्य रूपमा छलफल हुनेछ । साथै फागुन २१ गते सम्पन्न निर्वाचनको परिणामबारे समीक्षा गर्ने एजेन्डा पनि तय गरिएको छ ।
निर्वाचनमा अपेक्षाभन्दा कमजोर नतिजा आएको भन्दै पार्टीभित्र नेतृत्वले जिम्मेवारी लिनुपर्ने आवाज उठ्दै आएको छ । पछिल्लो परिणामपछि संगठनात्मक सुधार र जिम्मेवारी पुनःवितरणको विषय एमालेभित्र चासोका साथ हेरिएको छ ।










