संसदमा एमाले सांसद राईको माग : गाँजा खेती वैधानिक बनाऔँ

कोल्हवी न्यूज
२०८३ बैशाख ३१, बिहीबार १७:५८ गते

काठमाडौं, ३१ वैशाख । राजेन्द्रकुमार राई ले नेपालमा गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गाँजा खेतीलाई वैधानिक बनाए देशको आर्थिक अवस्था सुधार हुनसक्ने दाबी गरे ।

उनले गाँजा खेतीले रोजगारी सिर्जना गर्नुका साथै औषधि तथा कपडा उत्पादनमा समेत उपयोगी हुने उल्लेख गरे । “देशलाई आर्थिक रूपमा समृद्ध बनाउने हो भने नीतिगत रूपमा गाँजा खेती खुला गर्नुपर्छ,” उनले संसदमा बताएका हुन् ।

सांसद राईले विगतमा नेपालमा उत्पादित गाँजाका कारण विदेशी नागरिकसमेत आउने गरेको स्मरण गर्दै २०३३ सालमा बन्द गरिएको गाँजा खेती पुनः सञ्चालन गर्न आवश्यक रहेको धारणा राखे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*