मधेश प्रदेशसभा सदस्यमा महोत्तरीकी सरिताकुमारी ठाकुर सिफारिस

कोल्हवी न्यूज
२०८३ बैशाख ३०, बुधबार १५:४६ गते

 वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेश प्रदेशसभामा रिक्त रहेको समानुपातिक सदस्य पदका लागि महोत्तरीकी सरिताकुमारी ठाकुरलाई सिफारिस गरेको छ ।

यसअघि राप्रपाकी प्रदेशसभा सदस्य कञ्चन बिच्छालाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा सांसद पदबाट हटाइएको थियो । उक्त निर्णयविरुद्ध परेको रिट निवेदन अदालतले खारेज गरेपछि उनको पद आधिकारिक रूपमा रिक्त भएको हो ।

रिक्त पदपूर्तिका लागि निर्वाचन आयोगबाट पत्र प्राप्त भएपछि समानुपातिक सूचीअनुसार सोही क्लस्टरमा दोस्रो नम्बरमा रहेकी ठाकुरलाई सिफारिस गरिएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

राप्रपाले संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार प्रदेशसभा सदस्य पदमा नयाँ नाम सिफारिस गरिएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*