काठमाडौँको सुकुम्बासी प्रकरण फरक, मकवानपुर नआत्तिन सांसद उप्रेतीको आग्रह

कोल्हवी न्यूज
२०८३ बैशाख १८, शुक्रबार ०७:५८ गते

हेटौंडा— प्रतिनिधि सभा सदस्य प्रशान्त उप्रेतीले काठमाडौँमा सुकुम्बासी बस्ती खाली गराउने घटनापछि मकवानपुरमा फैलिएको हल्ला र भ्रमप्रति गम्भीर चासो व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले काठमाडौँको परिस्थिति र मकवानपुरको अवस्था फरक भएको स्पष्ट पारे। सरकारले नागरिकलाई विस्थापित गर्ने उद्देश्य नराखेको उल्लेख गर्दै उनले जनताको आधारभूत आवश्यकता—गास, बास र कपास—प्रति सरकार प्रतिबद्ध रहेको बताए।

उप्रेतीले स्थानीयवासीलाई अनावश्यक डर र त्रासमा नपर्न आग्रह गर्दै आधिकारिक सूचना मात्र विश्वास गर्न अपिल गरेका छन्। पछिल्लो समय फैलिएका अफवाहका कारण समुदायमा अस्थिरता बढ्न सक्ने भन्दै उनले संयमता अपनाउन सुझाव दिए।

आफ्नो निर्वाचन क्षेत्रका नागरिकको हकहितको रक्षा गर्न सधैं अग्रसर रहने प्रतिबद्धता जनाउँदै उनले कुनै पनि निर्णय तथ्य र आवश्यकताका आधारमा मात्र हुने विश्वास दिलाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*