हिजोअस्तिको जस्तो पानी नपर्ने, मौसममा क्रमिक सुधार

कोल्हवी न्यूज
२०८३ बैशाख १८, शुक्रबार ०७:४८ गते

अब तत्काल हिजो/अस्तिको जस्तो पानी नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गए रातिदेखि देशका धेरै ठाउँमा पानी पर्ने क्रम रोकिएको छ । अस्ति र हिजो देशका धेरै ठाउँमा पानी परेको थियो । कतै हावाहुरी चलेको थियो । प्रि–मनसुनमा मेघ गर्जनसहित पानी पर्ने, चट्याङ पर्ने र हावाहुरी चल्नेजस्ता गतिविधि हुन्छन् । देशका विभिन्न ठाउँमा वर्षा गराउने प्रणाली कायमै छ । त्यस कारण अझै केही दिन पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हुरीबतास तथा असिनासहित वर्षा गराउने ठुलो प्रणाली नेपालबाट पूर्वीक्षेत्र हुँदै बाहिरिने अवस्थामा छ । तर छोटो अवधिको वर्षा हुने सम्भावना कायमै रहेकाले सावधानी अपनाउन भनिएको छ । निर्माण कार्य र उच्च हिमाली क्षेत्रमा पदयात्रा जस्ता गतिविधि भोलिसम्मका लागि स्थगन गर्न सल्लाह छ ।

आज र भोली कोशी र मधेश प्रदेशलगायत देशको हिमाली र पहाडी भागका केही ठाउँमा मेघगर्जन/चट्याङ्गसहित वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यमसम्मको पानी पर्न सक्ने अनुमान छ ।

पछिल्लो वर्षाले तराई क्षेत्रमा गर्मी तथा काठमाण्डौ उपत्यकासहित शहरी क्षेत्रमा प्रदूषण केही घटेको छ । त्यस्तै देशका विभिन्न भागको वनजंगल क्षेत्रमा लागेको डढेलो पनि निभेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*