प्रधानमन्त्रीज्यू जनतालाई धेरै दु:ख नदिनुहोला : हर्क साम्पाङ

कोल्हवी न्यूज
२०८३ बैशाख १२, शनिबार १२:०१ गते

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद हर्कराज राई (साम्पाङ)ले जनतालाई धेरै दुःख नदिन प्रधानमन्त्री वालेन्द्र शाहलाई आग्रह गरेका छन्। सरकारले सुकुमबासी बस्तीमा डोजर चलाउँदै गर्दा उनले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत जग्गा जमिन कसैको नहुने भन्दै जनतालाई धेरै दुःख नदिन सुझाव दिएका हुन् । उनले भनेका छन्, ‘बालेन जी‘ तपाइँलाई मेरो सुझाव : जनतालाई धेरै दुःख नदिनु, जग्गा जमीन तेरो न मेरो कसैको हुँदैन! सबै जना एक दिन सडेर या जलेर खरानी हुँदै माटोमा विलय हुनु पर्छ, सत्य यही एउटा माटो हो!’

उनले प्रधानमन्त्री वालेनलाई विकास निर्माणतर्फ लाग्न सुझाव दिँदै जुँगाको पुरानो फाइट छोड्न आग्रह गरेका छन्। उनले लेखेका छन्,’विकासमा लाग्नु, पुरानो जुँगाको फाइट छोड्नु, आजको मितिमा तपाईँकै जुँगा लामो छ, छोड्दिनु भो! ’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*