आगो ताप्दा लापरवाही नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

कोल्हवी न्यूज
२०८२ पुष १४, सोमबार ११:३१ गते

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिसो मौसममा आगो ताप्दा तथा हिटर र गिजरजस्ता उपकरण प्रयोग गर्दा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार जाडोयाममा आगो बाल्ने, हिटर चलाउने वा गिजर प्रयोग गर्ने क्रममा लापरवाही गरे गम्भीर दुर्घटना हुनसक्ने जोखिम रहन्छ। त्यसैले आगो वा ताप प्रदान गर्ने उपकरण प्रयोग गर्दा पर्याप्त हावा आवतजावत हुने व्यवस्था मिलाउन र सकेसम्म कोइला प्रयोग नगर्न उहाँले सुझाव दिनुभएको छ।

आगो ताप्ने वा हिटर बाल्ने स्थानमा कागज, कपडा तथा सजिलै जल्ने सामग्री नराख्न, प्रयोगपछि आगो राम्ररी निभाउन पनि मन्त्रालयले अनुरोध गरेको छ। साथै हिटर लामो समयसम्म लगातार नचलाउन, सुत्नुअघि अनिवार्य रूपमा निभाउन, गिजरको मुख्य युनिट बाथरुमबाहिर खुला स्थानमा जडान गर्न र गिजर चलाइरहँदा लामो समयसम्म बाथरुममा नबस्न मन्त्रालयले सबैलाई सचेत गराएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*