विश्व एड्स दिवस: बीरगन्जमा एचआईभी संक्रमित विपन्न व्यक्तिलाई कम्बल वितरण

कोल्हवी न्यूज
२०८२ मंसिर १५, सोमबार १४:५९ गते

 विश्व एड्स दिवसको अवसर पारेर वीरगन्जमा एचआईभी/एड्स संक्रमित विपन्न व्यक्तिहरूलाई न्यानो कम्बल वितरण गरिएको छ। रोटरी क्लब अफ वीरगन्ज मेट्रोपोलिसको पहलमा भएको कार्यक्रममा उपचारमा संघर्ष गरिरहेका तथा आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई कम्बल प्रदान गरिएको हो।

कार्यक्रम नेपाल आराधना समाजकी अध्यक्ष दीपा कुमारीको अध्यक्षता र रोटरी क्लब अफ वीरगन्ज मेट्रोपोलिसका अध्यक्ष सञ्जय जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

कार्यक्रममा बीरगन्ज महानगरपालिका–४ का वडाध्यक्ष जगत प्रसाद साह कानु, शशी रञ्जन कलवार, सौरभ बर्णवाललगायत स्थानीय प्रतिनिधि तथा सामाजिक अभियन्ताहरूको सहभागिता थियो।

संस्थाजनकहरूको भनाइ अनुसार यो पहलले जाडो मौसममा समस्यामा परिरहेका संक्रमितहरूलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*